Gazabko Radio 105.7 MHz

Gazabko Radio 105.7 MHz Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gazabko Radio 105.7 MHz, Shivapuri/06, Nuwakot.

प्रेस स्वतन्त्रता संरक्षणमा सरकार प्रतिबद्ध:,सञ्चारमन्त्री तिमिल्सिना काठमाडौं १ जेठ: सूचना तथा सञ्चारमन्त्री डा विक्रम ...
15/05/2026

प्रेस स्वतन्त्रता संरक्षणमा सरकार प्रतिबद्ध:,सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं १ जेठ: सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै मर्यादित र व्यावसायिक पत्रकारिता तथा संवेदनशील विषयमा सञ्चार माध्यामहरुको प्रस्तुति थप जिम्मेवारपूर्ण हुनुपर्ने बताउनुभएको छ ।
सञ्चारिका समूह नेपालसँग आज मन्त्रालयमा भएको भेटघाटका क्रममा उहाँले प्रेस स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको आधार भएकाले त्यसको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । साथै स्वतन्त्रताको प्रयोग गर्दा सञ्चारमाध्यम र नागरिक दुवैले जिम्मेवारीबोध गर्नुपर्नेमा उहाँको जोड थियो ।
सञ्चारमन्त्री तिमिल्सिनाले पछिल्लो समय सञ्चार क्षेत्र विभिन्न चुनौतीबाट प्रभावित भइरहेको उल्लेख गर्दै पत्रकारितालाई विश्वसनीय, मर्यादित र व्यावसायिक बनाउन राज्य, सञ्चार संस्था र पत्रकारसम्बद्ध निकाय तथा संस्थाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । तथ्यमा आधारित र जनउत्तरदायी पत्रकारिताले मात्रै लोकतन्त्रलाई बलियो बनाउने उनको भनाइ थियो । विशेषगरी महिला, बालबालिका तथा संवेदनशील सामाजिक विषयलाई सनसनीपूर्ण ढंगले प्रस्तुत गर्ने प्रवृत्ति बढेको भन्दै उहाँले सञ्चारमाध्यम थप संवेदनशील बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत अपुष्ट सूचना र अतिरञ्जित सामग्री फैलिने क्रम बढेको उल्लेख गर्दै उहाँले पत्रकारिताको आचारसंहिता र व्यावसायिक मूल्य मान्यताको पालनामा जोड दिनुभयो ।
सञ्चारमन्त्री तिमिल्सिनाले श्रमजीवि पत्रकार ऐनअन्तर्गत न्यूनतम पारिश्रमिक कार्यान्वयनमा देखिएका समस्या समाधान गरिने बताउनुभयो । पत्रकारहरूले नियमित तलब नपाउने, श्रम अधिकार कार्यान्वयन नहुने र असुरक्षित वातावरणमा काम गर्नुपर्ने अवस्थालाई अन्त्य गर्न मन्त्रालयले पहल गर्ने उहाँको भनाई छ ।
सरकारी तथा लोककल्याणकारी विज्ञापन वितरणमा अनियमितता तथा पारदर्शिताको प्रश्न उठिरहेको सन्दर्भमा सरकारले पछिल्लो निर्णय लिएको र आगामी दिनमा विज्ञापन प्रणालीलाई मापदण्डमा आधारित, व्यवस्थित र पारदर्शी बनाइने उहाँले बताउनुभयो । सीमित पहुँचका आधारमा विज्ञापन वितरण हुने प्रवृत्ति अन्त्य गर्न सरकार कडाइका साथ अघि बढ्ने उहाँको भनाइ थियो ।
सो भेटघाटका क्रममा सञ्चारिका समूह नेपालका अध्यक्ष कमला पन्थीले सञ्चार क्षेत्र दिनप्रतिदिन असुरक्षित बन्दै गएको बताउनुभयो । धेरै सञ्चार संस्थामा पत्रकारले समयमै पारिश्रमिक नपाउने र महिला पत्रकार थप जोखिमपूर्ण वातावरणमा काम गर्न बाध्य रहेको उहाँले उल्लेख गर्नुभयो । पन्थीले महिला पत्रकारमाथि हुने विभेद, कार्यस्थल असुरक्षा र अनलाइन दुव्र्यवहारका घटनामा राज्य गम्भीर हुनुपर्नेसमेत बताउनुभयो । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा महिलाविरुद्ध द्वेषपूर्ण तथा सनसनीपूर्ण सामग्री बढ्दै गएको भन्दै उहाँले यसले लैंगिक समानता र सम्मानजनक सार्वजनिक संवादमाथि चुनौती सिर्जना गरेको बताउनभयो । महिला अधिकार, श्रम सुरक्षा र समान अवसरका विषयलाई नीति निर्माण तहमा प्राथमिकताका साथ उठाउनुपर्नेमा समूहको जोड थियो । ---

14/05/2026

आफ्नै मातृभाषामा सहजै विश्वभरका प्रयोगकर्ताले पढन बुझन सक्ने दागाछी यप अन्तर्राष्ट्रिय स्तरमा विश्व समुदायमा सूचना जानकारी दिने DAGACHI एक अत्यधुनिक सामाजिक सञ्जाल के हो त? यो प्रयोग गर्दा के छ त फाइदा ?

13/05/2026

नुवाकोटका रमेशप्रसाद सिटौला विदेस छोडेर पशुपालन व्यावसाय गरेर राम्रो आम्दानी गर्दै।

काठमाडौँ तारकेश्वर नगरपालिका ६ स्थित पैयाटारमा नुवाकोट पञ्चकन्या गाउँपालिका - ५ का किसान रमेशप्रसाद सिटौलाले जग्गा भाडामा लिई सिटौला गाई फार्म सञ्चालन गरि व्यावसायिक रुपमा गरेको पशुपालन उहाले बैदेसिक रोजगारी छोडेर नेपालमै पशुपालन व्यावसाय गरेर राम्रो आम्दानी गर्दै आएका छन

नुवाकोटको प्रसिद्ध धार्मिक स्थल श्री दुप्चेश्वर महादेव मन्दिर क्षेत्र दृश्य।
13/05/2026

नुवाकोटको प्रसिद्ध धार्मिक स्थल श्री दुप्चेश्वर महादेव मन्दिर क्षेत्र दृश्य।

10/05/2026
बागमती प्रदेसका तेह्र जिल्लाका पत्रकारलाई भक्तपुरको नगरकोटमा दुई दिने सहकारी पत्रकार तालिम।नेपाल पत्रकार महासंघ बागमती प...
10/05/2026

बागमती प्रदेसका तेह्र जिल्लाका पत्रकारलाई भक्तपुरको नगरकोटमा दुई दिने सहकारी पत्रकार तालिम।

नेपाल पत्रकार महासंघ बागमती प्रदेस समितिको आयोजना तथा बागमती प्रदेस सहकारी तथा गरिबी निवारण मन्त्रालयको वितीय सहयोगमा भक्तपुरको नगरकोटमा दुई दिने पत्रकार तालिम सम्पन्न भएको छ। वैशाख २६ गतेदेखि २७ गतेसम्म दुई दिने सहकारी पत्रकार तालिम तथा क्षमता विकास कार्यक्रममा बागमती प्रदेसका १३ जिल्लाका पत्रकार सहभागी रहेका थिए । उक्त समापन कार्यक्रममा बागमती प्रदेसको सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी पौडेल प्रमुख अतिथि रहनु भएको थियो।

26/04/2026

काठमाडौं बालाजु बाइसधारा उधानको हरियाली र त्यहाँ फुलेका फूलको दृश्य।

राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटकाे  आठौं साधारण सभा ककनीमा सम्पन्न।
25/04/2026

राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटकाे आठौं साधारण सभा ककनीमा सम्पन्न।

25/04/2026

राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटकाे आठौं साधारण सभा ककनीमा सम्पन्न।

रसुवा नुवाकोट पर्यटन समाजले जेष्ठ २३ गते लाङटाङ ट्रेल रन गर्ने लागिएको छ।  बिहीबार काठमाडौंमा रसुवा नुवाकोट पर्यटन समाजल...
24/04/2026

रसुवा नुवाकोट पर्यटन समाजले जेष्ठ २३ गते लाङटाङ ट्रेल रन गर्ने लागिएको छ। बिहीबार काठमाडौंमा रसुवा नुवाकोट पर्यटन समाजले पत्रकार सम्मेलन आयोजना गरि जेष्ठ २३ गर्ने लागिएको लाङटाङ ट्रेल रन- २०८३ गर्ने बारे पत्रकारलाई जानकारी दिएका छन।तस्बिर : हरिराम भेटुवाल

24/04/2026

Address

Shivapuri/06
Nuwakot
44900

Telephone

+97715555997

Website

Alerts

Be the first to know and let us send you an email when Gazabko Radio 105.7 MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share