Shree Dedithumka Secondary School

Shree Dedithumka Secondary School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Dedithumka Secondary School, Community College, Mandandeupur-9, Kavre, Banepa.

विद्यार्थी भर्ना अभियान घर दैलाे कार्यक्रम २०८०/०१/०४
17/04/2023

विद्यार्थी भर्ना अभियान घर दैलाे कार्यक्रम २०८०/०१/०४

शैक्षिक सत्र  २०८० काे लागि बाल कक्षा देखि कक्षा नाै सम्म भर्ना खुल्यो ।
16/04/2023

शैक्षिक सत्र २०८० काे लागि बाल कक्षा देखि कक्षा नाै सम्म भर्ना खुल्यो ।

श्री डेडिथुम्का मा. वि. का २०७९ सालकाे SEE परिक्षा तयारी गरीरहेका विद्यार्थी भाईबहिनीहरुलाई विद्यालयमा उपस्थित भएर सल्ला...
24/03/2023

श्री डेडिथुम्का मा. वि. का २०७९ सालकाे SEE परिक्षा तयारी गरीरहेका विद्यार्थी भाईबहिनीहरुलाई विद्यालयमा उपस्थित भएर सल्लाह , सुझाव एवम् हाैसला प्रदान गरिदिनुभएकाेमा मण्डनदेउपुर नगरपालिकाका उपमेयर श्री विष्णुमणि नेपाल ज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछाैं ।

अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण र कक्षा १० काे बिदाईका  झलकहरू २०७९।१२।०७
21/03/2023

अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण र कक्षा १० काे बिदाईका झलकहरू २०७९।१२।०७

कक्षा १२ को वार्षिक परीक्षा २०८०
05/03/2023

कक्षा १२ को वार्षिक परीक्षा २०८०

२०७९/११/०७-०९ सम्म मण्डनदेउपुर नगरपालिकाद्वारा आयोजित "रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता "मा  द्वितीय स्थान प्राप्त सफल ...
21/02/2023

२०७९/११/०७-०९ सम्म मण्डनदेउपुर नगरपालिकाद्वारा आयोजित "रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता "मा द्वितीय स्थान प्राप्त सफल यस बिधालयकाे सम्पूर्ण टिम साथै एथलेटिक्समा उत्कृष्ट खेलाडी बन्न सफल बहिनी अारूषि राईलाई धेरै धेरै बधाई एवम् शुभकामना !!!

२०७९/११/०७-०९ सम्म मण्डनदेउपुर नगरपालिका बाट आयोजित "रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता " मा आज भएको छात्रा सटपुटमा अारूष...
19/02/2023

२०७९/११/०७-०९ सम्म मण्डनदेउपुर नगरपालिका बाट आयोजित "रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता " मा आज भएको छात्रा सटपुटमा अारूषि राई र छात्र सटपुटमा बुद्धि तामाङ ले स्वर्ण पदक प्राप्त गरेकोमा बधाई तथा छात्र भलिबल र छात्र कबड्ी मा पनि पहिलो खेल जिति आघिल्लो चरण प्रवेश गरेको र १०० मिटर छात्रा दाैड मा फाइनल प्रवेश गरेको मा शुभकामना ।

२०७९/११/०७-०९ सम्म मण्डनदेउपुर नगरपालिका बाट आयोजित "रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता " का लागि आज मण्डनदेउपुर नपा ९ नं...
17/02/2023

२०७९/११/०७-०९ सम्म मण्डनदेउपुर नगरपालिका बाट आयोजित "रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता " का लागि आज मण्डनदेउपुर नपा ९ नं स्थित डेडिथुम्का माबी बाट सहभागी हुने ५६ जना सहभागिहरुलाइ प्रतियोगिता सफलताको शुभकामना दिदै बिध्यालय ब्यबस्थापन समिती अध्यक्ष आदरणिय ब्यक्तित्व रामचन्द्र श्रेस्ठ र समाजसेबी नुरा राई "श्रेष्ठ"ले आफ्नो ब्यक्तिगत सहयोग स्वरुप जर्सी सेट प्रदान गर्नु भएको छ। वडा नं ९ का अध्यक्ष आदरणीय सिताराम श्रेष्ठ को बिशेष उपस्थितिमा सम्पन्न गरियो।

18/01/2023

एकैछिन रोकिएर पढ्नुस त!
~~~~~~~~~~~~~~~~

आदरणीय अभिभावकज्यू,
🙏नमस्कार!!🙏

– माया गर्ने नाममा आफ्ना सन्तानलाई अत्ति नै परनिरर्भर नबनाउनुहोस् । १० वर्ष नाघेपछि छोरा वा छोरी जो भए पनि कम्तिमा उनीहरूलाई आफ्नो लुगा आफैँ लगाउन, आफ्नो कोठा/ओछ्यान आफैँ मिलाउन, कोठा सफा गर्न, आफ्नो लुगा आफैँ धुन, खाएको थाल माझ्न, कम्तिमा चिया, दाल, भात जस्ता सहज खानेकुरा पकाउन सिकाउनुहोस् ।

– छोरालाई बन्दुक, गाडि र छोरीलाई गुडिया किन्ने नगर्नुहोस् । उनीहरू स्वयम् लाई आफ्नो रोजाइ छान्न दिनुहोस् ।

– कक्षामा कुन स्थान ल्यायो र कति प्रतिशत अङ्क आयो भनेर अनावश्यक तनाव दिनु भन्दा पनि उसले कसरी अध्ययनलाई सहज तरिकाले लिन सक्छ र कसरी रटान भन्दापनि बुझाइमा केन्द्रित हुन सक्छ भन्ने कुरामा ध्यान दिई सहयोग गर्नुहोस् ।

– साँझ वा बिहान समय मिलेसम्म केही समय उनीहरूसँग खेल्नुहोस् । आफू पनि उनीहरूजस्तै बच्चा बनिदिनुहोस् ताकी उनीहरू तपाईंसँग खुल्न सकून् ।

– साँझमा केही समय उनीहरूसँग दिनभरीका कुरा सेयर गर्ने बानी बसाल्नुहोस् । टिभी, मोबाइल जस्ता कुरालाई केही समय आराम दिई परिवारमा एक अर्काको कुरा सुन्ने सँस्कार बसाल्नुहोस् जसले गर्दा उनीहरूले तपाईंलाई र तपाईंले उनीहरूलाई अझ नजिकबाट बुझ्न सक्नुहुन्छ ।

– उनीहरूलाई पढ्नको लागि उर्दी जारी गरेर आफू चाहिँ मोबाइल वा टिभीमा झुण्डीने जस्तो असुहाउँदो व्यवहार कहिल्यै नगर्नुहोस् । बच्चाहरू आदेश पालना गर्नेभन्दा अनुशरण गर्न मन पराउँछन् । तपाईंले पुस्तक पढेको देखेपछि उनीहरूलाई पनि स्वभाविक रुपमा पढ्न मन लाग्छ ।

– उनीहरूलाई आदर सत्कार, मानवीय कर्तव्य, सभ्यता, सहयोगी भावना जस्ता असल मानवीय गुनका बारेमा चेतनशील र संवेदनशील बनाउनुहोस् ताकी उनीहरूलाई सहयोग, मानवीयता र सहानुभुतीजस्ता कुराप्रति विश्वास लागोस् र त्यस्तै गुनको विकास हुँदै जाओस् । प्रतिस्पर्धाको लागि अरुको उदाहरण दिनेभन्दा पनि उनीहरूलाई हिजोभन्दा आज अझै राम्रो गर्न प्रोत्साहित गर्नुहोस् ता की उनीहरू प्रतिस्पर्धा आफैँसँग गरून् र सहयोग अरुलाई गरून् ।

– आफ्ना असफल सपनाहरू जबर्जस्ती उनीहरूमा थुपार्ने गल्ती नगर्नुहोस् । उनीहरू आफैँलाई यो संसार आफ्नै नजरबाट हेर्न दिनुहोस् र उनीहरू जे बन्न चाहन्छन् त्यसको लागि सहयोग गर्नुहोस् । छोराले मानविकी र छोरीले आइटी पढ्न चाहनुलाई सामान्य रुपमा स्वीकार्नूहोस् । अभिभावकको रुपमा तपाईंको जिम्मेवारी उनीहरूलाई सहजीकरण गर्ने हो, उनीहरूको बाटो आफैँले हिँडिदिने होइन ।

– घरको आर्थिक अवस्था उनीहरूसँग नलुकाउनुहोस् ताकी उनीहरूलाई पैसा बोटमा फल्छ जस्तो नलागोस् र तपाईंसँग कुनै ठूलो कुरा माग्नु पहिले उनीहरू आफैँले घरको अवस्था मनन् गरून् ।

– तपाईं माथिका सुझावमा सहमत हुनुहुन्छ भने यो कुरा आफ्ना सन्तानको अगाडी बसेर पढ्नुहोस् । तपाईं आफ्नो सन्तानसँग यस्तै व्यवहार गर्नुहुन्छ भने तपाईंलाई धन्यवाद । यदि गर्नुहुन्न भने आजैबाट परिवारमा यस्तै संस्कारको सुरुवात गर्नुहोस् ।(साभार, सामाजिक संजाल)

दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन ।२०७९-९-२२
06/01/2023

दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन ।
२०७९-९-२२

मासिक परीक्षा सुरू २०७९/०८/२७
13/12/2022

मासिक परीक्षा सुरू २०७९/०८/२७

आजको कार्यक्रमका झलकहरु
09/12/2022

आजको कार्यक्रमका झलकहरु

Address

Mandandeupur-9, Kavre
Banepa

Telephone

011412087

Website

Alerts

Be the first to know and let us send you an email when Shree Dedithumka Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Shree Dedithumka Secondary School:

Share