11/05/2026
जनप्रकाश बहुमुखि क्याम्पस को आयोजना र विश्वबिध्यालय अनुदान आयोगको सहयोगमा Data Managaement and Analysis सम्बन्धि ३ दिने Training कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको उदघाटन क्याम्पस संचालक समितिका अध्यक्ष बिजय राज भन्डारी ले गर्नुभएको थियो । RMC संयाेजक युवराज लामिछाने ले कार्यक्रम को बारेमा बोल्नु भएको थियो भने स्वागत मन्तब्य सन्चालक समिति उपाध्यक्ष होमनाथ पौडेलले गर्नुभएको थियो । सो कार्यक्रमा कालिका बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख बिरन्जि गौतम्ले शुभकामना मन्तब्य राख्नुभएको थियो । कालिका पब्लिक क्याम्पस का क्याम्पस प्रमुख ज्योति बाबु पौडेल, जनज्योति क्याम्पस का क्याम्पस प्रमुख केसव राज काफ्ले, गुप्तेस्वर क्याम्पसका सहायक क्याम्पस प्रमुख मोहन भन्डारी, लक्षमी आदर्श बहुमुखि क्याम्पसका निमित्त क्याम्पस प्रमुख तारा शर्मा ढकाल समेत उपस्थित हुनुहुन्थ्यो
कन्या क्याम्पस , पोखरा बहुमुखि क्याम्पस , भद्रकालि क्याम्पस समेत का प्राद्यापक हरु तालिममा सहभागि हुनुहुन्थ्यो । कार्यक्रम को अध्यक्षता क्याम्पस प्रमुख ऋषिराम बुढाथाेकी ले गर्नुभयो भने सन्चालन सहायक क्याम्पस प्रमुख अर्जुन ओझा ले गर्नुभएको थियो । तालिम मा प्रा• डा मिन पुन , प्रा• डा शाेभाकान्त लामिछाने , प्रा• डा बिकाश कुमार के सि , एसोसियट प्रोफेसर अनन्त ढुगाना , घनश्याम तिवारि , मोहन भन्डारी, युवराज लामिछने अर्जुन ओझा ले बिभिन्न बिषयमा सहभागी हरुलाइ प्रशिक्षण दिनुभएको थियो । Hotel Daybrek मा २६ गते उदघाटन भै २७ गते सम्म होटलमा भएकोमा सो तालिमको समापन आज २८ गते क्याम्पसको सभाहल मा भयो ।कार्यक्रम लाइ १२ वटा सेसनमा बिभाजन गरिएको थियो । कास्कि र तनहुका गरि ९ वटा सामुदायिक क्याम्पसका ३५ जना ले तालिममा भाग लिनुभएको थियो । २८ गते क्याम्पस प्रमुख बुढाथाेकी ले प्रमाणपत्र बितरण गरि कार्यक्रम समापन गर्नुभयो ।