Janata secondary school barjibang

Janata  secondary school barjibang It is a goverment school

बिगत ३७ बर्ष भन्दा धेरै समय सम्म यस बिद्यालयमा अध्यापन गराउनु भएका प्रा वि द्वितीय श्रेणीका शिक्षक श्री भक्त बहादुर बस्न...
26/11/2025

बिगत ३७ बर्ष भन्दा धेरै समय सम्म यस बिद्यालयमा अध्यापन गराउनु भएका प्रा वि द्वितीय श्रेणीका शिक्षक श्री भक्त बहादुर बस्नेत ज्यू लाई मिति २०८२/०८/१० गते बिदाई गरियो । उहाँको रिटायर्ड जीवन शुखमय रहोस ।

ग्रेड सिट एकिकृत गराउने सम्बन्धी सूचना ।शैक्षिक शत्र २०८० का विद्यार्थीहरुका लागि
06/11/2025

ग्रेड सिट एकिकृत गराउने सम्बन्धी सूचना ।
शैक्षिक शत्र २०८० का विद्यार्थीहरुका लागि

30/10/2025

शैक्षिक शत्र ०७९/०८० का ग्रेडवृद्दि दियकाहकमा विद्यार्थी प्रवेश पत्र, विद्यालयकाे सिफारिस पत्र, जन्म दर्ताकाे प्रमाण पत्र र दुबै पास भएकाे प्रमाण पत्र लिएर राष्ट्रिय परीक्षा वाेर्ड सानोठीमी भक्तपुर जाने र उहीँ राजश्व जम्मा गरी एकिकृत ग्रेडसिट निकाल्ने प्रावधान रहेकाेले यो सूचना प्रकासित गरिएकाे छ ।

मिति २०८२/०६/०२ गतेका दिन जनता माध्यमिक विद्यालय, बर्जिबाङले आयोजना गरेको सामाजिक परीक्षण सार्वजनिक कार्यक्रम भव्य रूपमा...
18/09/2025

मिति २०८२/०६/०२ गतेका दिन जनता माध्यमिक विद्यालय, बर्जिबाङले आयोजना गरेको सामाजिक परीक्षण सार्वजनिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रतिवेदन प्रस्तुत प्रधानाध्यापक कृष्ण प्रसाद पोखरेलले गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता अभिभावक संघका अध्यक्ष लालबहादुर रोकाले गर्नुभयो भने, स्वागत मन्तव्य सोमनाथ शर्माले राख्नुभयो। संचालनको जिम्मेवारी तिलक पन्थीले वहन गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि प्यूठान जिल्ला समन्वय समिति सदस्य टोपा राम कालाथोकी रहनुभएको थियो। साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर खड्का, सदस्यहरू सिब पन्थी, लक्ष्मी आचार्य, बेलिदेवी खत्री, समाजसेवी शोभाराम खत्री, डम्मर बहादुर खत्री, चन्द्रबहादुर बस्नेत, ठाकुर गुरुङ, हरी बसेल, छबिलाल सापकोटा, गोबिन्द बहादुर थापा, पूर्वविद्यार्थी सुमन पोखरेललगायतका विशिष्ट अतिथिहरूको उपस्थितिले कार्यक्रममा विशेष महत्व थपेको थियो। यसै अवसरमा, विद्यालयका कक्षा १० (SEE) मा उत्कृष्ट नतिजा हासिल गरी जिल्ला दोस्रो तथा नगर प्रथम बन्न सफल विद्यार्थी सुमन पोखरेललाई सम्मानस्वरूप नगत तथा प्रशंसा पत्र प्रदान गरिएको थियो। कार्यक्रमले विद्यालयको शैक्षिक, भौतिक, प्रशासनिक तथा वित्तीय पक्षबारे स्थानीय सरोकारवाला अभिभावक हरूसामु विस्तृत विवरण प्रस्तुत गरेको थियो। सामाजिक परीक्षणमार्फत पारदर्शिता, जवाफदेहिता र विद्यालय तथा समुदायबीचको आपसी विश्वास अझ बनाउने अपेक्षा गरिएको छ।

सुचना ! स्वर्गद्वारी नगरपालिकाको मिति २०८२/०५/२६ को च.न. ३२८ अनुसार मिति २०८२/०५/२६ र २७ गतेका  दिन बिद्यालयमा पठन पाठन ...
11/09/2025

सुचना ! स्वर्गद्वारी नगरपालिकाको मिति २०८२/०५/२६ को च.न. ३२८ अनुसार मिति २०८२/०५/२६ र २७ गतेका दिन बिद्यालयमा पठन पाठन नहुने जानकारी गराइन्छ ।

शोक बिदा सम्बन्धी सुचना ! स्वर्गद्वारी नगरपालिकाको मिति २०८२/०५/२५ को च.न. ३२६ अनुसार आज मिति २०८२/०५/२५ गतेका  दिन बिद्...
10/09/2025

शोक बिदा सम्बन्धी सुचना ! स्वर्गद्वारी नगरपालिकाको मिति २०८२/०५/२५ को च.न. ३२६ अनुसार आज मिति २०८२/०५/२५ गतेका दिन बिद्यालय शोक बिदा गरिएको जानकारी गराइन्छ ।

सुचना
03/09/2025

सुचना

यस बिद्यालयका शिक्षक श्री रुद्र बहादुर खत्रीको आमा स्व. भिमा देवी सापकोटा को ७औ दिनमा हामी शिक्षक कर्मचारीहरु वहाँको निव...
25/08/2025

यस बिद्यालयका शिक्षक श्री रुद्र बहादुर खत्रीको आमा स्व. भिमा देवी सापकोटा को ७औ दिनमा हामी शिक्षक कर्मचारीहरु वहाँको निवासमा पुगि मृतकप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गरियो ।

24/08/2025

विद्यार्थीहरुलाइ सूचना !
2081 सालमा SEE दिएका विद्यार्थीहरुले आफ्नो प्रबेश पत्र सुरक्षित राख्नुहुनका लागि यो सुचना जारी गरिएको छ । प्रबेश पत्र हराएमा प्रतिलिपी बनाउन नपाइने भएको छ ।

हार्दिक श्रद्धान्जली तथा समवेदना ।
21/08/2025

हार्दिक श्रद्धान्जली तथा समवेदना ।

12/08/2025

शैक्षिकसत्र २०८१ को SEE परीक्षामा उत्तीर्ण भएका नियमित तर्फका बिद्यार्थी हरुको ग्रेड सीट र मुल प्रमाणपत्र बिद्यालयमा आइसकेकोले बिद्यालयमा सम्पर्क गरि ग्रेड सीट र मुल प्रमाणपत्र लिनुहुन लागि अनुरोध गरिन्छ ।

08/08/2025

ग्रेड वृद्धि (पुरक) परीक्षाको प्रबेश-पत्र बिद्यालयमा आइसकेको छ । बिद्यालयमा सम्पर्क गरि प्रबेश पत्र लानको लागि यो सुचना जारी गरिएको छ ।

Address

Barjiwang
Pyuthan

Opening Hours

10:00 - 16:00

Telephone

086690346

Website

Alerts

Be the first to know and let us send you an email when Janata secondary school barjibang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share