Examinations Management Office, Mid-West University

Examinations Management Office, Mid-West University This is official page of Mid-West University, Examinstions Management Office, Surkhet, Karnali Province, Nepal (Civil), B.E. (Computer),
B.E. Sc.

परीक्षा ब्यवस्थापन कार्यालयको परीचय

क) पृष्ठभूमी :

मध्यपश्चिम विश्वविद्यालयअन्तरगतका सम्पूर्ण संकायका सत्रान्त परीक्षा लिने निकायकोरुपमा परीक्षा व्यवस्थापन कार्यलय रहेकोछ।मिति २०७५ साल भाद्र १० गतेको मध्यपश्चिम विश्वविद्यालयको आठौ सभा भन्दा अगाडी यस कार्यालयको काम मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका विभिन्न डीन कार्यालयहरुले संचालन गरेको परीक्षाको नतिजा प्राप्त भएपछि त्यसको आधारमा ग्रेडसिटहरु तय

ार गर्ने र आवश्यकता अनुसार अन्य सर्टिफिकेटहरु जारी गर्ने थियो । यसका अतिरिक्त, विद्यार्थीहरुको रजिष्ट्रेशन कार्डहरु सम्वन्धित क्याम्पसहरु मार्फत वितरण गर्ने थियो ।

मध्यपश्चिम विश्वविद्यालयको आठौ सभाले हरेक संकायले संचालन गर्ने सत्रान्त परीक्षा अब उप्रान्त परीक्षा ब्यवस्थापन कार्यालयले संचालन गर्ने भन्ने ब्यवस्था गरेपछि २०७५ भाद्र पछिका सत्रान्त परीक्षाहरु परीक्षा ब्यवस्थापन कार्यालयले संचालन गर्दे आएको छ ।

हाल मध्यपश्चिम विश्वविद्यालयमा ७ वटा संकायहरु छन् । जसमध्ये, मानविकी र सामाजिकशास्त्र संकाय, ब्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय, विज्ञान तथा प्रविधि संकाय र इन्जिनियरिङ्ग संकायमा स्नातक एवं स्नातकोत्तर तहका कार्यक्रमहरु संचालन भएका छन् भने कानून संकाय र कृषि तथा वन विज्ञान संकाय अन्तर्गत स्नातक तहको मात्र कार्यक्रम संचालनमा छ । यसैगरी, मध्यपश्चिम् विश्वविद्यालयमा थप भएका १० वटा आंगीक क्याम्पसहरुमा शिक्षाशास्त्र संकाय, मानविकी र सामाजिकशास्त्र संकाय, र ब्यवस्थापन संकायका कार्यक्रमहरु संचालन भएका छन् । तसर्थ, सत्रान्त परीक्षा लिँदा यस कार्यालयले काठमाण्डौ,मुगु, कालिकोट, दैलेख, सुर्खेत, जाजरकोट, रुकुम, रोल्पा, बाँके र बर्दियामा परीक्षासंग सम्वन्धित आवश्यक कार्य गर्नु पर्दछ ।

ख) परीक्षा संचालन गर्नुपर्ने क्याम्पसहरु र विषयहरु :

अ) यस विश्वविद्यालयको केन्द्रीय क्याम्पसको रुपमा रहेका निम्नानुसारका क्याम्पस, स्कूल एवं कार्यक्रमहरु:

क्र.सं. , क्याम्पसको नाम, तह, संकाय, विषयहरु

१) मानविकी र सामाजिकशास्त्र केन्द्रीय क्याम्पस, सुर्खेत
स्नातक
मानविकी र सामाजिकशास्त्र
Social Work, Rural Development, Sociology, Development Economics, English, Math, Journalism and mass communication, International relation and diplomacy.

स्नातकोत्तर
Social Work, Rural Development, Sociology, Development Economics, English, Journalism and mass communication, Conflict and peace studies, International relation and diplomacy, International co-operation and development, Folklore and Culture Studies, Anthropology.

२) शिक्षाशास्त्र केन्द्रीय क्याम्पस, सुर्खेत
स्नातक
शिक्षाशास्त्र
English, Nepali, Health Education Promotion, Population Education, Math, Special Need Education.

स्नातकोत्तर
English, Nepali, Health Education Promotion, Population Education, Math, Curriculum and Evaluation, Educational Planning and Management.

३) ब्यवस्थापन केन्द्रीय क्याम्पस, सुर्खेत

स्नातक
व्यवस्थापन
BBS
स्नातकोत्तर
MBS

४) विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पस, सुर्खेत

स्नातक
विज्ञान तथा प्रविधि
BSc , BSc CSIT

स्नातकोत्तर
MSc (Physics)

५) इन्जिनियरिङ्ग केन्द्रीय क्याम्पस, सुर्खेत
स्नातक
इन्जिनियरिङ्ग

B.E. (Hydropower)

स्नातकोत्तर
M. in Structural Engineering
M. in Construction Management.

६) मुसोम, सुर्खेत

स्नातक
व्यवस्थापन
BBA
स्नातकोत्तर
MBA

७) एल स्कूल, सुर्खेत

स्नातक
कानून
BALLB

८) कृषि तथा वन विज्ञान क्याम्पस

स्नातक
कृषि तथा वन विज्ञान
BSc Ag



आ) थप भएका आंगिक क्याम्पसहरुमा संचालन भएका कार्यक्रमहरु:

क्र.सं.
क्याम्पसको नाम
तह
संकाय
विषयहरु

१) ववई बहुमुखी क्याम्पस, वर्दिया

स्नातक

मानविकी र सामाजिकशास्त्र

Social Work, Rural Development, Sociology, Nepali

शिक्षाशास्त्र

Nepali, Health Education Promotion, Education Science, Math, English, Population

व्यवस्थापन

BBS

स्नातकोत्तर

शिक्षाशास्त्र

English, Nepali, Health Education Promotion, Educational Planning and Management

ब्यवस्थापन

MBS

२) वागेश्वरी बहुमुखी क्याम्पस, बाँके

स्नातक

शिक्षाशास्त्र

Health Education Promotion, English, Nepali, Population

मानविकी र सामाजिकशास्त्र

English, Nepali, Rural Development, Sociology

व्यवस्थापन

BBS

स्नातकोत्तर

शिक्षाशास्त्र

English, Nepali, Health and Physical Education, Education Planning and management

ब्यवस्थापन

MBS

मानविकी र सामाजिकशास्त्र

RD

३) भेरी ज्ञानोदय क्याम्पस, जाजरकोट

स्नातक

शिक्षाशास्त्र

English, Nepali, Health Education Promotion, Math, Population

मानविकी र सामाजिकशास्त्र

Development Economics, International Relations and diplomacy

ब्यवस्थापन

BBS

स्नातकोत्तर

शिक्षाशास्त्र

EPM

४) भेरी शिक्षा क्याम्पस, गुमी

स्नातक

शिक्षाशास्त्र

English, Nepali, Math, Population

५) विद्यापुर जनता बहुमुखी क्याम्पस, विद्यापुर

स्नातक

शिक्षाशास्त्र

English, Nepali, Health Education Promotion.

व्यवस्थापन

BBS

६) जलजला बहुमुखी क्याम्पस, रोल्पा

स्नातक

शिक्षाशास्त्र

English, Nepali, Population

मानविकी र सामाजिकशास्त्र

Sociology, Development Economics

ब्यवस्थापन

BBS

७) मुसिकोट खलङ्गा बहुमुखी क्याम्पस, रुकुम

स्नातक

शिक्षाशास्त्र

Nepali, English, Math, Population, Health Education Promotion.

मानविकी र सामाजिकशास्त्र

Sociology

ब्यवस्थापन

BBS

स्नातकोत्तर

शिक्षाशास्त्र

Nepali, English, Health and Physical Education, Curriculum Evaluation.

८) नारायण क्याम्पस, दैलेख

स्नातक

शिक्षाशास्त्र

Nepali, English, Math, Health Education Promotion, Population

मानविकी र सामाजिकशास्त्र

Sociology, Rural Development

ब्यवस्थापन

BBS

स्नातकोत्तर

शिक्षाशास्त्र

Nepali

९) रारा बहुमुखी क्याम्पस, मुगु

स्नातक

मानविकी र सामाजिकशास्त्र

Sociology

शिक्षाशास्त्र

English, Nepali, Population

१०) तीलाकर्णाली बहुमुखी क्याम्पस, कालिकोट

स्नातक

शिक्षाशास्त्र

Nepali, English, Population, Health Education Promotion.

स्नातकोत्तर

शिक्षाशास्त्र

EPM


इ) यस विश्वविद्यालयको एक मात्र सम्वन्धन प्राप्त क्याम्पस ग्लोवल कलेज इन्टरनेश्नल,काठमाण्डौ मा BBA, MBA, BHM, BTTM कार्यक्रमहरु संचालनमा छन् भने BBA, MBA को Fall / Spring सेमेष्टर दुवै संचालन गर्ने अनुमति दिइएको हुँदा सोही अनुसार परीक्षाहरु संचालन गर्नुृ पर्ने हुन्छ ।

ई) मध्यपश्चिम विश्वविद्यालय, मानविकी र सामाजिकशास्त्र केन्द्रीय क्याम्पस मातहत रहने गरी काठमाण्डौमा Masters in International Co-operation and Development विषयको पठन पाठन भएको हुँदा ताहाँ पनि परीक्षा लिनुपर्ने हुन्छ ।

ग) जनशक्ति व्यवस्थापनको अवस्था :

यस कार्यालयमा निम्न बमोजिम जनशक्ति कार्यरत छन् ।

सि.नं
पद
संख्या
कैफियत


परीक्षा ब्यवस्थापन प्रमुख



२०७९ असोज ७ गते नियुक्त ।



परीक्षा ब्यवस्थापन सह प्रमुख



२०७८ असारमा नियुक्त ।



अधिकृत (प्रशासन)



स्थायी



अधिकृत (लेखा)



स्थायी



मुख्य सहायक (प्रशासन)



स्थायी



सहायक (प्रशासन)



स्थायी



सवारी चालक



स्थायी



कार्यालय सहयोगी


१ स्थायी र १ करार




सुरक्षा गार्ड



करार सेवामा सेक्युरिटी कम्पनीबाट लिइएको

जम्मा

१८



घ) कार्यालय भवन :

यस कार्यालयको लागि वीरेन्द्रनगर नगरपालीका, वडा नं ८ स्थित १५ कोठे (तीन तले) निजी भवन बहालमा लिएर प्रशासनिक कामकारवाही संचालन भएको छ ।

ङ) परीक्षाको नतिजाको विश्वसनियता :

परीक्षा ब्यवस्थापन कार्यालयलाई परीक्षा संचालन गर्ने र नतिजा प्रकाशित गर्ने जिम्मेवारी प्राप्त भएपछि यस कार्यालयमा भएको EMIS software लाई विभिन्न संकायका विभिन्न विषयको प्रकृति अनुसार तथ्याङ्क राख्ने विशेषता भएको र विश्वविद्यालयको नियमानुसार नतिजा विश्लेषण गरी तोकिएको ढाँचामा प्रिन्ट हुने ब्यवस्था छ । Excel sheet मा नतिजा तयार गरी A4 साइजको कागजमा नतिजा प्रिन्ट गर्ने पुरानो अभ्यास पूर्ण रुपमा हटाई EMIS बाटनै नतिजा तयार गरी नतिजा छाप्ने छुट्टै कागज (लेजर) को ब्यवस्था छ ।

च) Web site र Online सेवा :

यस कार्यालयको Web site: www.muexam.edu.np आ.व. २०७६/०७७ देखि संचालनमा ल्याइएको हो । उक्त Web site वाट परीक्षा समन्धी सूचना,परीक्षा केन्द्रका लागि चाहिने फारमहरु,परीक्षा ब्यवस्थापन कार्यालयले प्रदान गर्ने सेवाको लागि चाहिने कागजातहरु र दस्तुरहरु लगायतका कुराहरु सरोकारवालाहरुले लिने ब्यवस्था गरिएको छ ।

यसका अतिरिक्त विद्यार्थीहरुले परीक्षा फाराम अनलाइन भर्ने र परीक्षाको नतिजा प्रकाशित भएपछि उनिहरुले आफ्नो नतिजा online हेर्न सक्ने ब्यवस्था गरिएकोछ । यो सुविधा मिति २०७६ साल फाल्गुण १६ गते देखि सुरु भएको हो ।

धन्यवाद

Result:- MA 2nd Semester End Examinations.
27/05/2026

Result:- MA 2nd Semester End Examinations.

Result:- M.Sc. (Physics) 4th Semester End Examinations.
27/05/2026

Result:- M.Sc. (Physics) 4th Semester End Examinations.

Result:- MBA (Spring) 4th Semester End Examinations.
27/05/2026

Result:- MBA (Spring) 4th Semester End Examinations.

Result:- M.Ed. 4th Semester End Examinations.
27/05/2026

Result:- M.Ed. 4th Semester End Examinations.

Result:- MBA (Fall) 3rd Semester End Examinations.
26/05/2026

Result:- MBA (Fall) 3rd Semester End Examinations.

Result:- B.Sc. Ag. 6th Semester End Examinations.
26/05/2026

Result:- B.Sc. Ag. 6th Semester End Examinations.

Result:- BALLB 8th Semester End Examinations.
25/05/2026

Result:- BALLB 8th Semester End Examinations.

Result:- M.Sc. (Engineering) 2nd Semester End Examinations.
25/05/2026

Result:- M.Sc. (Engineering) 2nd Semester End Examinations.

Result:- M.Sc. (Physics) 2nd Semester End Examinations.
25/05/2026

Result:- M.Sc. (Physics) 2nd Semester End Examinations.

चौथो दीक्षान्त समारोह (२०८३) सम्बन्धी सूचना ।
24/05/2026

चौथो दीक्षान्त समारोह (२०८३) सम्बन्धी सूचना ।

Revised Exam Routine:- Bachelor 3rd, 5th, 6th, 7th, 10th and M.Sc. (NRM) 2nd Semester End Examinations.
22/05/2026

Revised Exam Routine:- Bachelor 3rd, 5th, 6th, 7th, 10th and M.Sc. (NRM) 2nd Semester End Examinations.

Address

Birendranagar
Surkhet

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Examinations Management Office, Mid-West University posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Examinations Management Office, Mid-West University:

Share