सुर्के मा.वि. मेरिङदेन-5, ताप्लेजुङ

  • Home
  • Nepal
  • Taplejung
  • सुर्के मा.वि. मेरिङदेन-5, ताप्लेजुङ
Call Directions Contact the university

सुर्के मा.वि. मेरिङदेन-5, ताप्लेजुङ to know details of this school

25/08/2026

of green scenery 😍🌷🪴🌦

09/08/2026

ठाउँ विशेष कविता
"सुर्के माध्यमिक विद्यालय"
पुर्बी नेपाल, ताप्लेजुङ कन्चनजङ्घाको काखमा,
मेरिङ्देन-५, थुकिमा सोरुवाको पाखामा ।
१८ सय मिटर उचाइ, शितल स्वच्छ हावापानी,
ज्ञानको ज्योति छरिरहने, सुर्के मा.वि. हाम्रो बानी ।।

शिरमा हाँस्छ घुमाउने पातल, हरियाली जङ्गल छ,
वरिपरि सुगन्धित, हरभरा अलैंचीको बास छ ।
प्रकृतिको अनुपम काख, सौन्दर्यको छहारीमा,
सुर्के मावि मुस्कुराउछ, अनि ज्ञानको ज्योति फिँजाउछ ।

शेर्पा समुदायको बस्ती, सँस्कृती छ जहाँ जिवन्त,
९७ प्रतिशत शेर्पा नानी, पढ्न आउँछन अनवरत ।
हिमाल जस्तै सफा मन, उच्च छन तिनको सपना,
भोलिका यी कर्णधारले, कोर्दैछन नयाँ रचना ।।

परिश्रमी अभिभावक, मेहनतका असल खानी,
छोराछोरीलाई राम्रो पढाउने, कति राम्रो तिनको बानी ।।
पसिनाको मूल्य बुझी, शिक्षालाई रोजेका छन्,
सुर्के मावि पठाएर, उज्ज्वल भविष्य खोजेका छन् ।।

विद्याको यो पवित्र धाम, सोरुवाको ठूलो सान,
सुर्के माध्यमिक विद्यलय, हाम्रो शिरको स्वाभिमान ।
अज्ञानतालाई दूर गरी, चेतनाको दीप बालाैँ,
सुर्के माविको यो नाम, सधैं उचाइमा राखाैँ ।।

04/08/2026

area in summer season🌧🌧☔🌈🌦🌦🚳

28/07/2026

नेपाल सरकारले शिक्षक माथीको विभेद कहिले सम्म होला !!!
कविताको शीर्षक "फलामको शरीरले बनेको जिवित प्राणी हो नेपाली शिक्षक"
डाँडाकाँडा, उकालो-ओरालो, घाम-पानी र हुरी सहँदै,
मार्कर र सेतोपाटीसँगै ज्ञानको ज्योति छातीमा वहँदै ।
पाइलाहरु थाक्दैनन् कहिल्यै, गोडामा अनौठो तागत छ,
हो, नेपाली शिक्षकको शरीरमा फलाम झैँ सामर्थ्य छ ।

हत्केलामा मार्करको कालो मसि, मुटुभित्र मायाको विशाल सागर,
कष्टलाई पनि मुस्कुराएरै टार्ने, कति अनुशासित व्यबहार ।
फलाम जस्तै कडा यो देह, तर भित्र धड्किन्छ जीवित प्राण,
अज्ञानताको अँध्यारो फाल्न, सजिलै सुम्पिन्छन आफ्नै ज्यान ।

भोक लागोस कि बिराम होस्, कक्षामा छिर्दा मुस्कुराउने,
आफ्ना सबै अभाव र वेदना भुली, देशको भविष्य सजाउने ।
दु:खका हजारौं आधिमा पनि, कहिल्यै नझुक्ने अनौठो प्राणी,
अक्षर-अक्षरमा चेतना भर्ने, अपरम्पार छ यिनको बानी ।

नेपाली शिक्षकको शरीर, फलामले बनेको जीवित प्राणी,
सहनशिलता र समर्पणको सिरानी हाल्ने यिनको बानी ।
आफू फलाम झैँ कठोर भई, अरुको जीवन उज्यालो बनाउने,
कोटि-कोटि नमन सबै गुरुहरुलाई, जसले नयाँ युग जगाउने ।
-- लभ्ली, ल्हातेम्बा--

प्रसङ्ग:- शिक्षक राष्ट्रसेवक नभएकाले नेपाल सरकारले शिक्षकलाई सवारीसाधन लगायत हरेक सेवासुविधामा विभेद गरिरहेको देखिन्छ !

Address

Meringden
Taplejung

Telephone

+9779842430354

Website

Alerts

Be the first to know and let us send you an email when सुर्के मा.वि. मेरिङदेन-5, ताप्लेजुङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to सुर्के मा.वि. मेरिङदेन-5, ताप्लेजुङ:

Shortcuts

Share