30/05/2021
समृद्धि सम्वाद:
यो विराट ब्रह्माण्ड पूर्ण समृद्धिले भरिभराउ छ । प्रकृतिमा अभाव, अपूर्णता र अस्वस्थ केही कतै छैन, सबै कुरा प्रचुर मात्रामा उपलब्ध छन् । समग्र प्रकृति ऐश्वर्यवान् र आवश्यक सम्पूर्ण विषयहरुले भरिएको छ । मनुष्यको जीवनमा मात्र अधिक मात्रामा रोग, व्याधि, अभाव, प्रतिस्पर्धा, अन्याय र अशान्ति देखिन्छ । विज्ञान, प्रविधि र अर्थशास्त्रका विभिन्न प्रगतिका बावजूद अझैसम्म मनुष्यले स्वास्थ्य, शान्ति, सम्पन्नता र दिगो आनन्दको मूल श्रोत फेला पारेको छैन ।
अध्यात्मले मानव जीवनलाई पूर्ण समृद्धियुक्त बनाउन हजारौं गहिरा सूत्रहरू खोजेको छ, जसमध्ये केही विधाहरू मात्र आधुनिक भौतिक विज्ञान र अर्थशास्त्रले बुझेको र प्रयोग गरेको देखिन्छ । यस्ता शाश्वत सत्यलाई सूत्रबद्ध र प्रयोगात्मक बनाएर समृद्धि सम्वाद तालिम कार्यक्रमको माध्यमबाट तपाईंका लागि उपलब्ध गराइएको छ । यो कार्यक्रममा तपाईंले आफ्ना प्रमुख लक्ष्यहरूको पहिचान गर्दै तिनलाई पूरा गर्ने विज्ञान सिक्नुहुनेछ । यस कार्यक्रमका मुख्य विषयहरूमा आफ्ना सपनाको पहिचान, समाजका समस्याको समाधान, आफ्नो क्षमताको पहिचान, व्यक्तिभित्र रहेको महाशक्तिलाई सक्रिय बनाउने विधि, समृद्धिका बाधाहरू उन्मूलनको विधि, उर्जाशील जीवनका रहस्य, निर्णय क्षमताको अभिवृद्धि र कार्य सम्पादनका गहिरा सूत्रहरु पर्दछन् ।
यस कार्यक्रमको फलस्वरूप तपाईंले आफ्नो पञ्चवर्षीय कार्ययोजना बनाउँदै आफ्नो स्वास्थ्य, शान्ति, पारिवारिक सुख र आध्यात्मिक प्रगतिलाई समेटेर चौतर्फी समृद्धिको मार्ग प्रशस्त गर्नुहुनेछ । सनातन अष्टलक्ष्मीको विज्ञान, आधुनिक आकर्षणको नियम (Law of Attraction ) र लक्ष्य रेखांकन (Goal Mapping) का गहिरा प्रयोगहरूको माध्यमबाट तपाईंले आफ्नो जीवनलाई एउटा नयाँ उचाइमा लिएर जाने विज्ञान पनि सिक्नुहुनेछ ।
प्रत्येक समृद्धि संवाद कार्यक्रम दिनको ९० मिनेटका दरले नौ दिनसम्म जुम तन्त्रका माध्यमबाट सञ्चालन हुनेछ । यसमा विशेष कक्षाकार्य, गृहकार्य र आजीवन प्रयोगका लागि विधि समावेश छन् ।
यो कार्यक्रम जीवन विकाश विशेषज्ञ गुरुद्धय रमेश नेपाल र एल पि भानु शर्माले प्रस्तुत गर्नुहुनेछ ।
यो कार्यक्रम कसका लागि हो ?
कर्मचारी, उद्यमी, पेशाकर्मी, क्याम्पस र विश्वविद्यालयका विद्यार्थी, शिक्षक तथा सामाजिक अभियन्ताहरूले यस कार्यक्रमबाट अत्यधिक लाभ लिन सक्नुहुनेछ । विशेष गरी, यदि तपाईं समृद्ध जीवनको नयाँ ढाँचा बनाउने सोचमा हुनुहुन्छ भने तपाईंलाई यो कार्यक्रम वरदान नै साबित हुनेछ ।
समृद्धि सम्वादः २०७८, जेठ, २१ गतेदेखि २९ गतेसम्म
समयः साँझ ६ बजेदेखि ७:३० बजेसम्म
सम्पर्कः 9841571455(होमनाथ) / 9851110346(प्रतीक)/ 9841263692(बिन्दा)/ 9842174481(विवेक)
नाम दर्ता गर्न यो लिंक क्लिक गर्नुहोला !
समृद्धि संवाद: यो विराट ब्रह्माण्ड पूर्ण समृद्धिले भरिभराउ छ । प्रकृतिमा अभाव, अपूर्णता र अस्वस्थ केही कतै छैन, सब...